बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।
गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी सामुदायिक होमस्टेका प्रतिनिधिहरू आफ्ना मौलिक संस्कृति, पहिचान र रैथाने स्वादसहित सहभागी भएपछि बन्दीपुरमा पर्यटकीय चहलपहल फेरिएको छ ।
नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एव भिटोफ को सह आयोजना सुरु भएको मेलामा ग्रामीण जीवनशैली, स्थानीय उत्पादन र परिकारहरूको समृद्ध झलक प्रस्तुत गरिएको छ ।
मेलाको पहिलो दिन छिमेकी जिल्लाहरूबाट आएका आन्तरिक पर्यटकहरूको उल्लेख्य उपस्थिति रहँदा बन्दीपुर बजार उत्सवमय बनेको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गण्डकीका विभिन्न जिल्लाबाट आएका पाहुना र पर्यटकहरूको सहभागिताले बन्दीपुर यतिबेला ‘मिनी गण्डकी प्रदेश’ जस्तै देखिएको बताए ।

“हामीले बन्दीपुरको पुरानो शाखलाई कायम राख्दै ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले यो मेला आयोजना गरेका हौँ,“ उनले भने ।
मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, लोपोन्मुख कौरा नाच, सोरठी र घाटु नाच प्रस्तुत गरिएका छन् । प्रदर्शनीमा राखिएका ३० भन्दा बढी स्टलहरूमा ग्रामीण भेगका अर्गानिक कृषि उत्पादन र हस्तकलाका सामग्रीहरूले पर्यटकको ध्यान खिचेका छन् ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले यस्ता मेलाले ग्रामीण होमस्टे र सहरका पर्यटन व्यवसायीबीच सिधा सम्बन्ध स्थापित गर्ने विश्वास व्यक्त गरे ।
मेलाको दोस्रो दिन शनिबार ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ विषयमा विशेष प्यानल छलफल आयोजना गरिँदै छ ।

उक्त बहसमा टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य, पर्यटनविद् आशुतोष प्रधान, डा. अनु कुमारी लामा र होमस्टे महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशचन्द्र गुरुङले बहस गरेका छन् । यस्तै, ‘कस्तो गाउँ ? कस्तो सहर !’ शीर्षकको अर्को संवादमा वरिष्ठ पर्यटन व्यवसायी भरत बस्नेत, टीकाराम सापकोटा, तारानाथ पहारी र सम्पादक आर. के. अदिप्त गिरीबीच बहस हुनेछ ।
बन्दीपुरलाई काठमाडौं, पोखरा र सौराहा जस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूको केन्द्र (हब) का रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

ढुङ्गाले छापिएका कलात्मक घर, मौलिक संस्कृति र हिमशृङ्खलाको मनोरम दृश्यका लागि प्रसिद्ध बन्दीपुरमा आयोजित यस मेलाले समग्र ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा दिने आयोजकको अपेक्षा छ ।
सम्बन्धित खबर
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
अध्ययन निष्कर्ष: कृषि लगानीमा लघुवित्त प्रभावकारी
‘बखतबहादुर स्मृति ३५ प्लस फुटसलमा ‘मेजर एफसी च्याम्पियन’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा