काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको विकेटको क्षतिमा दुई सय ८९ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित सय रन बनाए । उनले ९४ बलमा १३ चौका र एक छक्का हाने ।
यस्तै ओपनर विनोद भण्डारीले ५६ रन, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११/११ रन जाेडे ।
अर्जुनले नेपाली राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेकाे हाे । उनले घरेलु क्रिकेटमा गण्डकी प्रदेशबाट खेल्दै आएका छन् ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई तथा हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिए ।
सम्बन्धित खबर
शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
स्विट्जरल्यान्डविरुद्ध सानदार जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा