नेपाल इस्यूमा यहाँलाई हार्दिक स्वागत छ ।
नेपाल इस्यू प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता भएको नेपाल इस्यू मिडिया (प्रा.) लि. को अनलाइन न्युज पोर्टल हो । यसले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ ।
‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गर्दछ । सापेक्ष रुपमा स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार नेपाल इस्यूको मूल आधार हो । राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा नेपाल इस्यूले कहिल्यै कसैसँग सम्झौता गर्दैन ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।
लोमन्थाङका समाजसेवी तथा सामाजिक क्षेत्रमा सक्रिय विष्ट २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
स्वर्गीय विष्टको आन्द्रामा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि गाउँ गएका विष्ट त्यसपछि अचानक बिरामी भई उपचारका लागि काठमाडौँ लगिएकाे थिए ।
वडाध्यक्ष विष्टको निधनप्रति गाउँपालिकाले बुधबार एक दिन शोक बिदा दिएको छ भने आधा झण्डा झुकाइएको छ ।
सम्बन्धित खबर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
हितानमगर र गुरुङलाई कर्म–कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिने
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
पोखरामा मिसन युएसएको चौंथो शाखा विस्तार
२१ औँ असारे रोपाइँ महोत्सव लेखनाथमा हुने
पाल्पा पुगेर सकियाे ‘जाउँ है पोखरा अभियान’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा