पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरेका हुन् ।
उनले सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको उपचारमा सघाउ पुग्ने उल्लेख गरे । उक्त अस्पतालले अन्य अस्पतालहरुसँग सहकार्य गरेर विशेषज्ञ सेवा दिनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले प्रदेशको बजेटमध्ये हरेक आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउदै आएको बताए ।
उनले प्रदेश स्थापना भएयता ३४ वटा प्रहरी युनिटको भवन निर्माण सम्पन्न गरी सकेको बताउदै १ वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।
मुख्यमन्त्री पाण्डेले प्रहरीको समायोजन हुन नसकेको बताउदै केही प्रशासनिक त्रुटीहरु देखिएको स्मरण गरे ।
उनले प्रहरी तथा प्रदेश सरकारको सम्बन्ध र समन्वयलाई प्रभावकारी बनाउनका लागि संविधानको मर्म अनुसार प्रहरी समायोजन अपरिहार्य रहेको बताएका थिए ।
मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका प्रदेश प्रहरी अस्पतालको भवन ५ तले बन्नेछ । यद्यपी अहिले भने भ्याटसहित कुल ४ करोड ८४ लाख ९६ हजार १ सय ४७ रुपैयाँमा २ तले भवन निर्माण भएको छ ।
निर्माणको जिम्मा पाएको काभ्रेको एनसी निर्माण सेवाले २०८१ साल असार २० गते सम्झौता गर्दै निर्माणको काम अघि बढाएको थियो ।
त्यसपछि उक्त निर्माण कम्पनीले तोकेकै अवधिमा निर्माण सम्पन्न गरेको हो ।
नवनिर्मित सो भवनको पहिलो तलामा इमर्जेन्सी, दर्ता चलानी, ४ वटा ओपिडी, फार्मेसी, ओपिडी, ल्याब र ओटी रुम रहेको छ ।
यस्तै दोस्रो तलामा नर्सिङ स्टेसन, कार्यालय प्रमुख कक्ष, अल्ट्रासाउण्ड रुम, वार्ड रुम, चेन्जिङ रुमसहित आधुनिक शौचालय रहेका छन् ।
सम्बन्धित खबर
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा