पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।
पातिखोला गुफा संरक्षण समितिको आयोजना तथा माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्वमा यही १७ गतेदेखि २४ गतेसम्म माछापुच्छ्रे ४ को जोगिचौर मणि परिसरमा महायज्ञ हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
उक्त महायज्ञ सोही क्षेत्रमा क्रियाशिल आमा समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्य आयोजना हुने मूल समारोह समितिका संयोजक अनेरी क्याप्टेन डम्बरसिंह गुरुङले जानकारी दिए ।
उनका अनुसार माछापुच्छ्रे ४ र ५ को सिमानामा पर्ने ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचारप्रसारसँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा उक्त महायज्ञबाट संकलित रकम खर्च गरिने छ ।
‘यस ठाउँमा वर्षको तीन पटक मेला लाग्ने गर्दथ्यो हाल ति मेलाले निरन्तरता पाएको छैन’ संयोजक गुरुङले भने, ‘यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुन निरन्तरता दिने र यस ठाउँलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य छ ।’
करिब २ करोड आर्थिक संकलन गर्ने लक्ष्यसहिलत आयोजना हुने उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले प्रवचन दिने प्रचार प्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले बताए ।
उनका अनुसार महायज्ञमा ५ हजार भन्दा धेरै दान गर्ने दानवीको नामा शिलालेखमा अङ्कित गर्ने, १० हजार भन्दाबढी दान गर्ने सहयोगी दातालाई दोसल्ला ओढाई सम्मान गर्ने, २० हजार भन्दाबढी दान गर्नेलाई दोसल्ला तथा आकर्षण सम्मान पत्र प्रदान गरिने, ५० हजार भन्दा धेरै दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र र मायाको चिनो प्रदान गरिनेछ ।
यस्तै १ लाख भन्दा बढी रकम दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने गुरुङले बताए ।
यस्तै ५ लाख भन्दा बढी दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई आकर्षक डोलीमा चढाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने उनले बताए ।
माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता तथा वडा २ का वडाध्यक्ष गणेश आचार्यले महायज्ञले पातिखोला क्षेत्रको प्रचारप्रसारमा धार्मिक प्रवद्र्धनमा सधाउ पुग्ने धारणा राखे ।
यस्तै माछापुच्छ्रे गाउँपालिका वडा ४ का वडाध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारी तीव्र पारिएको जानकारी दिए ।
पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्त्व रहेको बताउँदै प्रचार प्रसारका कारण ओझेलमा परेको बताए ।

अब उक्त महायज्ञपछि सो क्षेत्रको पूर्वाधार विकाससँगै व्यापक प्रचारप्रसार हुने अपेक्षा गरे ।
पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको समयावधिमा महायज्ञ स्थल पुग्न सकिन्छ ।
महायज्ञ अवधिभर पोखराको हरिचोक र माछापुच्छ्रे गाउँपालिकाको सबै वडाबाट महायज्ञ स्थलसम्म जानका लागि आयोजकले यातायातको व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
ओझेलमा माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा, प्रचारप्रसार गर्ने महायज्ञ गरिँदैं
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
पोखरा लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ
फेरिँदै ‘रूपाको रूप’
५ करोडको कारोबार गर्दै सकियो आलु महोत्सव
थातथलो खोज्दै युकेदेखि नेपालसम्म: ‘क्होला सोँप्री ट्हो’ को यात्रामा प्हे ल्हु संघ बेलायतको टोली
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !