पोखरा ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।
पर्यटकीय नगरी पोखरालाई खेल पर्यटन (स्पोट्र्स टुरिजम) को माध्यमबाट विश्वसामु चिनाउने उद्देश्यले संघले यो प्रतियोगितालाई निरन्तरता दिइएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा वैशाख ५ गतेदेखि ८ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १६ वटा इभेन्टहरू समावेश गरिएको संयोजक लोक बहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाइज तथा गल्र्स डबल्स विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा देशभरबाट ८० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संयोजक गुरुङले बताए ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूले आकर्षक गिफ्ट ह्याम्पर, सर्टिफिकेट र मेडल प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
प्रतियोगिताले उदीयमान खेलाडीहरूको हौसला बढाउनुका साथै पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए ।
प्रतियोगिताका मुख्य प्रायोजक तथा संरक्षक एवं खेलप्रेमी कुमार श्री मोहन बहादुर शाही रहेका छन् ।
उनले आफ्ना नाति–नातिनीको सम्मान स्वरूप यो प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् ।
कास्की जिल्ला टेनिस संघले लामो समयदेखि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका टेनिस प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
मोदीखोलामा फसेका तीन जनाको सकुशल उद्धार
सामाजिक कार्यमा अग्रसर बिटी क्लब: रक्तदानमा १ सय ६ युनिट संकलन, ७ चोकमा सिसिटिभी जडान
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामै केयूको ‘बिआइटी’: अशोका कलेजमा ‘सिक्दै कमाउँदै’ अवसर
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा