कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज मुख्यमन्त्रीको शपथ लिँदै

कांग्रेसका सुरेन्द्रराज पाण्डेले आज मुख्यमन्त्रीको शपथ लिँदै

असार १६ भित्र ३१ सांसद आफ्नो पक्षमा पुर्‍याउन नसकेमा स्वतः पदमुक्त

surendra-raj-pandey 1

पोखरा । गण्डकी प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज बुधबार नियुक्ति लिएर शपथ ग्रहण गर्ने भएका छन् ।

सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न भनेको थियो ।

त्यसैअनुसार उनले बुधबार शपथ लिने भएका हुन् । मंगलबार गणतन्त्र दिवस, सार्वजनिक बिदा भएकाले बुधबार सपथ लिन लागिएको हो ।।

उपधारा ३ मा ‘प्रदेश सभाको निर्वाचनको अन्तिम मत परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने छ,’ भनिएको छ ।

उक्त उपधारा अनुसार अब प्रदेश प्रमुखले उनलाई नियुक्ति दिँदै शपथ गराउने छन् । शपथ गरेपछि उनले संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

१६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । असार १६ भित्र ३१ सांसद आफ्नो पक्षमा पुर्‍याउन नसकेमा पाण्डे स्वतः पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै