पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
उनले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार पूर्वान्ह ११:१० बजे राजीनामा बुझाएका हुन् । तत्कालीन सत्ताघटक माओवादी केन्द्रले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि पाण्डे सरकार अल्पमतमा परेको थियो । उनले चैत २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेमा विश्वासको मत नलिई राजीनामा बुझाएका हुन् ।
पाण्डेले संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाएका हुन्।
उक्त राजीनामा गण्डकी प्रदेश प्रमुखको कार्यालयले स्वीकृत गरेको छ। प्रदेश कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत भएको बताए ।
नयाँ सरकार गठनका लागि अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दलहरुलाई आह्वान गर्नेछन् ।
एमाले-माओवादी गठबन्धनले बहुमत जुटाएर दावी पेस गरे खगराज अधिकारीको नयाँ सरकार बन्छ । नत्र ठूलो दलको हैसियतले प्रदेश प्रमुखले काँग्रेसका पाण्डेलाई नै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्नेछन् ।
सम्बन्धित खबर
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !