काठमाडौँ — नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।
नवनियुक्त मन्त्रीमा नेकपा एमालेबाट उपप्रधानसहित ८ जना, माओवादी केन्द्रबाट उपप्रधानसहित ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित ४ जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बनेका छन् ।
यस्तो छ कार्यविभाजन
एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी केन्द्र
नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा
एकीकृत समाजवादी
भानुभक्त जोशी, संघीय मामिला तथा समान्य प्रशासन
धनबहादुर बुढा, सहरी विकास
सम्बन्धित खबर
रवि लामिछानेलाई अधिकतम २४ वर्षसम्म कैद सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी
रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरू
पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको एमालेको निष्कर्ष
प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
‘प्रधानमन्त्रीलाई हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरू अभियानमा छन्’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !