प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सम्बन्ध सेतु भएको बताएका छन् ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन तहको संघीय प्रणालीमा प्रदेशहरूलाई बलियो तुल्याएर मात्र संघीयतासँगै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समुन्नत बनाउन सकिनेमा आफू प्रष्ट रहेको बताएका हुन् ।
संघीयताका नवीन र असल अभ्यासहरूको अनुकरण र अवलम्बन गर्दै नेपालले संघीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने उनले बताए । ‘नेपालको संघीयताका अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै संकल्प गर्न जरुरी छ,’ उनले भने ।
लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्य लगायतका विषयमा गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयन र सेवा प्रवाहका दृष्टिले अझै परिश्रम गर्नुपर्नेमा जोड दिए ।
‘आगामी दिनमा सङ्घीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका दृष्टिले उत्कृष्ट काम गरेर संघीयता विरोधीहरूलाई व्यवहारले जवाफ दिनुपर्छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना दिएको छ । त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्थाविरोधीहरूका षड्यन्त्र निस्तेज पार्नुछ । व्यवस्थाविरोधी जनमतलाई व्यवस्थाका पक्षमा ढाल्नुछ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गरौँ ।’
प्रधानमन्त्री प्रचण्डले संविधान निर्माणका आठ वर्ष पूरा हुँदासमेत संघीयता कार्यान्वयनमा रुचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पारे ।
‘प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथमकदाचित दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको छ,’ उनले भने, ‘यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको छ र अब तीन करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने छ ।’
सम्बन्धित खबर
पार्टी र नेतृत्वविरुद्ध घेराबन्दी एवं षड्यन्त्र भएको एमालेको निष्कर्ष
प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
‘प्रधानमन्त्रीलाई हटाउन देशी, विदेशी प्रतिक्रियावादीहरू अभियानमा छन्’
मुख्यमन्त्री पाण्डेले बुझिलिए मन्त्री मनाङेको राजीनामा
मनाङेले दिए राजीनामा, भन्छन्ः ‘वन मन्त्रालय मैले होइन, भाइहरूले लिने हो’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !