चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम ऐतिहासिक महाधिवेशनसँगै आफ्नो पार्टीले देशकै एक प्रमुख र परिपक्व राजनीतिक शक्तिका रूपमा उदीयमान वैधानिकता प्राप्त गरेको बताएका छन्।
चितवन उद्योग सङ्घको प्रदर्शनी हलको बन्दसत्रस्थलमा आज साँझ रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट उनले पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अब राष्ट्र निर्माणको महाअभियानमा पार्टी जिम्मेवार र प्रतिबद्ध भएर अगाडि बढ्ने दृढता व्यक्त गरे।
उनले महाधिवेशनले नयाँ राजनीतिक दललाई दलका रूपमा वास्तविक वैधानिक र राजनीतिक पहिचान प्रदान गर्ने उल्लेख गरे। देशका विभिन्न क्षेत्रबाट अनेकन कठिनाइ र मौसमको प्रतिकूलताका बाबजुद महाधिवेशनमा उत्साहजनक सहभागिता जनाउने प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकहरूलाई उनले विशेष धन्यवाद समेत ज्ञापन गरे।
सम्बन्धित खबर
सिरहामा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा