रूसी सेनामा भर्ती भएका स्याङ्जाका कार्कीको निधन

रूस-युक्रेन युद्ध

रूसी सेनामा भर्ती भएका स्याङ्जाका कार्कीको निधन

तीन नेपालीको एकै दिन मृत्यु

Pitam Karki

रुसी सेनामा भर्ती भएका स्याङ्जाका युवक मारिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–५ स्थित ठूलास्वाँराका पितम कार्कीको निधन भएको नेपाली राजदूतावास, मस्कोले जनाएको छ ।

रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका कार्कीसहित तीन नेपालीको मृत्यु भएको हो । कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको छ ।

उनीहरुको गत कार्तिक २९ गते तिहारको भाइटिकाको दिन एकैसाथ मृत्यु भएपनि परिवारजनले हालै मात्र खबर पाएका छन् । पितमकी दिदी कल्पना कार्की ढकालले तालिम लिने क्रममा हवाई आक्रमण हुँदा ज्यान गएको खबर आएको बताएकी छन् ।

उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ ।

दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो । दोलखाका अन्दाजी ३५ वर्षीय राजकुमार रोकाको यसअघि नेपाल प्रहरीमा थिए । उनी पेन्सन जागिर छाडेर दुई महिना अघि रुस गएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै