स्याङ्जामा १० वर्षीय बालकको हत्या

स्याङ्जामा १० वर्षीय बालकको हत्या

Harshit-Devkota

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ सिउडबारीमा एक बालकको हत्या भएको छ ।

धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा १० वर्षीय हर्षित देवकोटाको शव हिजो शुक्रबार घरदेखि टाढा खरबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

बालकको हत्या आरोपमा सिउडबारीका २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।स्कुलबाट फर्किएका हर्षित बेपत्ता भएपछि खोजी थालिएको थियो । उनी गाउँकै स्कूलमा ५ कक्षामा अध्ययनरत थिए ।

हत्या भएका बालकको बुवा शाेभाखर देवकाेटा हाल वैदेशिक रोजगारीमा छन् । उनी परिवारको एक मात्र छोरा थिए । शाेभाखर र मीनाले बिहे गरेकाे २४ वर्षपछि हर्षित जन्मिएकाे गाउँलेले बताएका छन् । परिवारकाे एकमात्र खुशी हर्षितकाे पाशविक तबरले हत्या गरेका सुजनलाई कडा कारबाहीकाे माग गरिएकाे छ । जन्मिएपछि ८ महिनासम्म अस्पतालमा आईसीयूमा राखेर बचाएको बालकको यसरी क्रुर ढंगले हत्या गरेपछि गाउँले रूष्ट छन् । उनीहरूले फाँसी दिनुपर्छ भन्दै रोष प्रकट गरेका छन् । हर्षितलाई स्कूल रहँदा बाहेक आमाले कहिल्यै नछोड्ने गाउँलेले बताएका छन् ।

गाउँलेका अनुसार शुक्रबार सुजनले फिरफिरे बनाउन भनेर हर्षित लिएर खरबारी पुगेका थिए । घटना दिउँसाे शुक्रबार साढे ४ बजेतिरकाे हाे । प्रहरी श्राेतका अनुसार सुजनले हँसियाले ४३ पटक टाउकाेमा हान्दा पनि नमपरेपछि भीरबाट फालिदिएकाे बयान दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै