पोखरा नागढुंगाको युनिक होटलमा भिमादकी सुकुको शंकास्पद मृत्यु

शंकास्पद मृत्यु

पोखरा नागढुंगाको युनिक होटलमा भिमादकी सुकुको शंकास्पद मृत्यु

सुकु नजिकै शिला रेष्टुरेन्टमा काम गर्थिन्, अनुसन्धानका लागि ५ जना नियन्त्रणमा

Hotel Unik

पोखराको नागढुंगास्थित एक होटलमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा स्थित युनिक होटलमा बास बसेकी तनहुँ भिमाद स्थायी घर भएकी ३८ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी सोही स्थान नजिकैको शिला रेष्टुरेन्टमा २ वर्षदेखि काम गर्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बुधबार बिहान होटलकी संचालिकाले शिलालाई अचेल अवस्थामा देखेकी थिइन् । तत्काल उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।

घटना संकास्पद भएकाले अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । होटलमा सिसिटिभी पनि जडान नरहेको र घटना संकास्पद भएकाले ति महिलाले काम गर्ने रेष्टुरेण्टको सञ्चालक, मृत भेटिएको होटलको सञ्चालक लगायत ५ जनालाई नियन्त्रणमा लिएको छ ।

हाल शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ। मृत सुकुले नै होटलको कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी श्रोतले जनाएको छ ।

होटल सञ्चालकले प्रहरीसामू महिलाले नै केटाको नाम, नम्बर टिपाएको बयान दिएको श्रोतले बतायो । होटल रूम भित्र जुस र रेडबुल खाएको अवस्थामा भेटिएको छ ।

यद्यपी प्रहरीले भने युवकसँग होटलमा गएको बारे पुष्टि नभइसकेको र अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै