क्यूआर कोड स्क्यान गरेर कास्की प्रहरीको कामको गुनासो गर्न सकिने

क्यूआर कोड स्क्यान गरेर कास्की प्रहरीको कामको गुनासो गर्न सकिने

व्यक्तिको परिचय गोप्य रहने

dpo kaski qr code

पोखरा । हामी प्रहरीलाई गुनासो गर्न, सूचना टिपाउन वा सहायता माग्न प्रायः हटलाइन नम्बर १०० डायल गर्छौँ । अब, गुनासो वा सुझावका लागि भने डिजिटल प्रविधि प्रयोग गर्न सकिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले क्युआर कोडमार्फत सेवाग्राहीको गुनासो वा सुझाव लिन सुरु गरेको जानकारी दिएको हो । क्युआर कोड स्क्यान गरेर अब गुनासो टिपाउन सकिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवण कुमार बिकले जानकारी दिए ।

उनका अनुसार प्रहरीले गरेका काम कारबाही बारे कुनै गुनासो वा सुझाव भए निर्धक्क रुपमा क्युआर कोड स्क्यान गरेर पठाउन सकिन्छ र यसो गर्दा गुनासो टिपाउने व्यक्तिको परिचय गोप्य रहनेछ ।

प्रहरी सेवालाई थप प्रभावकारी बनाउन नागरिक तहबाट रचनात्मक सुझाव र सहयोगको अपेक्षा राखेको उनले जनाए ।

क्युआर कोड यस प्रकारको छ । सेभ गरेर राख्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै