घान्द्रुक चौकीका इन्चार्ज असई ढुंगानाको गुटेरेसको सुरक्षार्थ खटिने क्रममा लेक लागेर मृत्यु

घान्द्रुक चौकीका इन्चार्ज असई ढुंगानाको गुटेरेसको सुरक्षार्थ खटिने क्रममा लेक लागेर मृत्यु

asi tikaram dhungana

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।

गुटरेसको सुरक्षाका लागि कात्तिक १२ गते अन्नपूर्ण आधार शिविरमा पुगेका घान्द्रुक चौकीका इन्चार्ज असई टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अन्नपूर्ण आधार शिविरबाट मंगलबार फर्किएका असई ढुंगाना माछापुच्छ्रे गाउँपालिका ११ का वडाध्यक्षको घरमा बसेका थिए । बुधबार बिहान श्वासप्रस्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत पोखरा ल्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै