पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याबको रिपोर्ट अब मोबाइलमै

सहजता

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याबको रिपोर्ट अब मोबाइलमै

मोबाइल एपमा प्राप्त रिपार्ट प्रिन्ट गरेर डाक्टरलाई देखाउने

Gandaki Hospital WRH Paschimanchal

पाेखरा । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्रयोगशालाका रिपाेर्ट आफ्नै माेबाइलमा हेर्न सकिने व्यवस्था मिलाएको छ ।

अस्पतालमा चिकित्सकलाइ जँचाएर नमूना परिक्षण गर्न प्रयोगशालामा छाडेपछि परिक्षण रिपोर्ट माेबाइल एपमा राखिने भएपछि अब बिरामी रिपोर्टका लागि पुनःल्याबमा धाउन नपर्ने भएको हो ।

अस्पतालले मोबाइल एपमा रिपार्ट हेर्न मिल्ने व्यवस्था मिलाएपछि अब सेवाग्राहीले नमूना परिक्षणको रिपोर्ट आफूलाई सहज हुने ठाउँमा प्रिन्ट गरेर डाक्टरलाई देखाउन सक्ने अस्पतालले जनाएको छ ।

अनलाइन सुविधा उपयोग गर्न नसक्ने बिरामीका लागि भने ल्याबबाट नै रिपोर्ट प्रिन्ट गरेर दिने व्यवस्था मिलाइनेछ । घरमै बसेर पनि हेर्न सकिने छ ।

कसरी हेर्ने ?

सेवाग्राहीले मोवाइ एप हेर्न सबैभन्दा पहिले प्रयोगशालाबाट प्राप्त हुने बिलको दाँयातर्फको माथिल्लो भागमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्छ । त्यसपछि युजर नेम र पासवर्ड राख्ने ठाउँ देखिनेछ ।

सोही बिलको दाँयातर्फको तल्लो भागमा रहेको युजर नेम र पासवर्ड राख्नुपर्छ । त्यसपछि प्रयोगशालाको परीक्षणको रिपोर्ट बिरामीको आफ्नै मोबाइलमा सजिलै हेर्न सकिनेछ । प्रयोगशालाको भिड कम गर्न तथा बिरामीले रिपोर्ट लिन भइरहेको झमेला कम गर्न अनलाइन रिपोर्टले सहज बनाउने दाबी अस्पतालको छ ।

बिलिङ, दर्ता, रगत दिन भने ल्याब पुगेर लाइन बस्नैपर्नेछ । प्रदेशभरकै उपचार केन्द्र भएकाले भिड बढी हुँदा पनि बिरामी लाइनमा बस्नुपर्ने बाध्यता छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता