पाेखरा । सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले प्रयोगशालाका रिपाेर्ट आफ्नै माेबाइलमा हेर्न सकिने व्यवस्था मिलाएको छ ।
अस्पतालमा चिकित्सकलाइ जँचाएर नमूना परिक्षण गर्न प्रयोगशालामा छाडेपछि परिक्षण रिपोर्ट माेबाइल एपमा राखिने भएपछि अब बिरामी रिपोर्टका लागि पुनःल्याबमा धाउन नपर्ने भएको हो ।
अस्पतालले मोबाइल एपमा रिपार्ट हेर्न मिल्ने व्यवस्था मिलाएपछि अब सेवाग्राहीले नमूना परिक्षणको रिपोर्ट आफूलाई सहज हुने ठाउँमा प्रिन्ट गरेर डाक्टरलाई देखाउन सक्ने अस्पतालले जनाएको छ ।
अनलाइन सुविधा उपयोग गर्न नसक्ने बिरामीका लागि भने ल्याबबाट नै रिपोर्ट प्रिन्ट गरेर दिने व्यवस्था मिलाइनेछ । घरमै बसेर पनि हेर्न सकिने छ ।
कसरी हेर्ने ?
सेवाग्राहीले मोवाइ एप हेर्न सबैभन्दा पहिले प्रयोगशालाबाट प्राप्त हुने बिलको दाँयातर्फको माथिल्लो भागमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्छ । त्यसपछि युजर नेम र पासवर्ड राख्ने ठाउँ देखिनेछ ।
सोही बिलको दाँयातर्फको तल्लो भागमा रहेको युजर नेम र पासवर्ड राख्नुपर्छ । त्यसपछि प्रयोगशालाको परीक्षणको रिपोर्ट बिरामीको आफ्नै मोबाइलमा सजिलै हेर्न सकिनेछ । प्रयोगशालाको भिड कम गर्न तथा बिरामीले रिपोर्ट लिन भइरहेको झमेला कम गर्न अनलाइन रिपोर्टले सहज बनाउने दाबी अस्पतालको छ ।
बिलिङ, दर्ता, रगत दिन भने ल्याब पुगेर लाइन बस्नैपर्नेछ । प्रदेशभरकै उपचार केन्द्र भएकाले भिड बढी हुँदा पनि बिरामी लाइनमा बस्नुपर्ने बाध्यता छन् ।
सम्बन्धित खबर
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा