पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा रक्तदान र बृक्षारोपण

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा रक्तदान र बृक्षारोपण

PCM Raktadan (2)

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम), नदीपुर पोखराको बिद्यार्थी क्लबले रक्तदान र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार बिहानैदेखि कलेज प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा बिबिए (बिहान र दिवा) कार्यक्रम तथा बिसिआइएस (बिहानी ) कार्यक्रमका बिद्यार्थी एवं शिक्षक, कर्मचारी समेत गरी कुल ७५ जनाबाट रगत संकलन गरिएको क्लबका अध्यक्ष मिन्टु कुमार गुप्ताले जानकारी दिए ।

रक्त संकलन कार्यमा नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेश रक्तसंचार केन्द्रको सहयोग प्राप्त भएको थियो ।

त्यसैगरी, क्लबले काहुँडाँडा स्थित कलेजको जग्गामा वृक्षारोपण समेत गरेको थियाे । क्लबका सचिब हुमा कुमारी थापाका अनुसार बिद्यार्थीहरुले तेजपत्ता, सल्ला, अम्बा, चाँप आदि विभिन्न प्रजातिका करीब ५० वटा बेर्नाहरु रोपेका थिए ।

पिसिएम बिद्यार्थी क्लब अन्तर्गत बिभिन्न सात विभागहरु रहेकाे र तिनले समय समयमा खेलकुद, साहित्यिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरु आयोजना गरेर बिद्यार्थीहरुमा नेतृत्व विकास एवं ब्यबस्थापन सम्बन्धी सीपको विकास गर्ने गतिविधि गरिरहेकाे उपाध्यक्ष अलिना गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै