गण्डकी सरकारको ३३ अर्ब ४२ करोड ७२ लाख बजेट [पूर्णपाठ]

गण्डकी सरकारको ३३ अर्ब ४२ करोड ७२ लाख बजेट [पूर्णपाठ]

budget ale

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष भन्दा साढे दुई अर्बले घटाएर गण्डकी प्रदेशको बजेट संसदमा पेश भएको छ । अघिल्लो वर्ष ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेटमध्ये चालतुर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत छ । यस्तै, पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् कुल बजेटको ६०.४ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.५ प्रतिशत रकम विनियोजन गरिएको हो ।

बजेटमा सरकारले आन्तरिक ऋणलाई पनि निरन्तरता दिएको छ । संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने भएको छ । वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ ।

केन्द्रका विपरीत प्रदेशमा भने पुँजीगत खर्च नै धेरै छ भने चालू खर्च ३८ प्रतिशतको हाराहारी हुने देखिन्छ जस अनुसार पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रहेको छ ।

साथै, आगामी आवको लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार, सशर्त अनुदानतर्फ ४ अर्ब ९४ करोड १५ लाख हुने अनुमान छ ।

सांसदहरूका लागि ७२ कराेड

गण्डकी प्रदेश सरकारले बहुआलोचित सांसद विकास कोष अर्थात् पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड छुट्याएको छ । प्रति निर्वाचन क्षेत्र २ करोडका दरले सांसदको तजबिजीमा खर्च हुने कार्यक्रमले निरन्तरता पाएको छ ।

 भौतिक पूर्वाधार शीर्षकमा ११ अरब १६ करोड बजेट बिनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेले सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणका लागि ११ अरब १६ करोड बजेट बिनियोजन भएको जानकारी दिए ।

आगामी वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र हुने, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण हुने बजेट वक्तब्यमा उल्लेख छ । पुँजिगत शिर्षकमा बिनियोजन भएको २० अरब १९ करोडको बजेटको ठूलो हिस्सा पूर्वाधार मन्त्रालयले पाएको छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो ।

मन्त्रालयले आगामी वर्षको योजनामा न्युनतम ३० लाख बजेट बिनियोजन गरेको छ । टुक्रे योजना कटौती गरेको र ३० लाख भन्दा कमका योजना सिफारिस नगरेको भौतिक मन्त्री रेशम जुग्जालीले बताए ।

मन्त्री मगरका अनुसार बजेटले दीगो, फराकिलो उच्च आर्थिक वृद्धि, उत्पादन र उत्पादकत्वमा जोड, कर वृद्धि भन्दा विस्तारतर्फ जोड दिएको छ ।

पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहाेस् ।

गण्डकी प्रदेशमा रंगशाला तथा खेलमैदान निर्माणका लागि साढे सात करोड विनियोजन

गण्डकी प्रदेशमा रंगशाला तथा खेलमैदान निर्माणका लागि साढे सात करोड विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि आज सार्वजनिक गरिएको बजेट वक्तव्य अनुसार गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको कभर्डहलको सम्भाव्यता अध्ययन, कृकेट रङ्गशाला, उच्च उचाई तालिम केन्द्र, एक स्थानीय तह-एक खेल मैदान, जिल्लास्तरमा रङ्गशाला र विभिन्न खेलमैदान निर्माणका लागि ७ करोड ५५ लाख बजेट बिनियोजन भएको हो ।

यसैगरी, “खेल्छ गण्डकी” कार्यक्रमलाई निरन्तरता, “सबैका लागि खेलकुद” भन्ने नाराका साथ विद्यालयदेखि नै खेलकुद गतिविधि सञ्चालन गर्ने, “उद्यमी युवा, समृद्ध प्रदेश निर्माणमा टेवा” भन्ने नारा साकार पारिने बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै