पोखरामा स्कुलको छतबाट खसेकी छात्राको उपचारका क्रममा मृत्यु

पोखरामा स्कुलको छतबाट खसेकी छात्राको उपचारका क्रममा मृत्यु

nilgiri school

पोखराकाे न्यूरोडमा रहेको निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर गम्भिर घाईते भएकी छात्राको उपचारको क्रममा मृत्यु भएको छ ।

आइतबार स्कुलको छतबाट खसेर गम्भिर घाईते भएकी पोखरा ८ बगालेटोल बस्ने १५ वर्षीया चाहात शाहकाे मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारका क्रममा आइताबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

निलगिरी बोर्डिङमा अध्ययनरत भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय चाहात शाह ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट खसेकी थिइन् ।

उनी के कारण छतबाट खस्न पुगिन् ? भन्ने विषयबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै