संसदीय पत्रकार मञ्च गण्डकीमा दोहोरिए भरत कोइराला

संसदीय पत्रकार मञ्च गण्डकीमा दोहोरिए भरत कोइराला

samsadiya patrakar manch

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । आदर्श समाज दैनिकका सम्पादक समेत रहेका उनी यसअघि पनि अध्यक्ष थिए ।

मञ्चको पोखरामा मंगलबार भएको चौंथो साधारणसभा तथा तेस्रो अधिवेशनमा अध्यक्षका प्रत्यासी रोहितराज पराजुलीलाई ४ मत अन्तरले पराजित गर्दै कोइराला आगामी २ वर्षका लागि निर्वाचित भएका हुन् ।

कोइरालाले १२ र पराजुलीले ८ मत ल्याए । २२ सदस्य रहेको मञ्चमा सहमतिको वातावरण नबनेपछि मतदान प्रक्रियाबाट नेतृत्व छिनोफानो लगाइएको हो । मञ्च उपाध्यक्षमा विसन क्षत्री, सचिव तारा चापागाईं र कोषाध्यक्ष उमा आलेमगर सर्वसम्मत भए । मतदान प्रक्रियामा २० जनाले भाग लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै