मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने

मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने

surendra-raj-pandey

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ वैशाखमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले २१ गते आफूले विश्वासको मत लिने जानकारी दिएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुख गुरुङले पाण्डेलाई १४ गते मुख्यमन्त्री नियुक्त गरेका थिए भने १५ गते विना विभागीय २ मन्त्री सुशीला सिंखडा र सरस्वती अर्यालसहित शपथ लिएका थिए ।

कांग्रेसका २७, नेकपा माओवादीका ७ र राजीव गुरुङ ‘दीपक मनाङे’ गरी ३५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै