पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पद मुक्त भएका छन् । शनिबार बसेको प्रदेश बैठकमा अधिकारीले आफूलाई प्रदेशसभामा विश्वासको मत छ भनेर राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै उनी पद मुक्त भएका हुन् । उनको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो ।
अधिकारी २०७९ पुस २५ गते माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
राष्ट्रपति निर्वाचनमा संघीय सरकारको गठबन्धन फेरबदल भएरसँगै गत माओवादी केन्द्रले अधिकारी सरकारलाई दिएको समर्थन चैत १० गते फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम अधिकारीले शनिबार विश्वासको मत लिन प्रस्ताव गरेका थिए । प्रस्ताव बहुमतले अस्वीकृत भएसँग अधिकारीको मुख्यमन्त्री कार्यकाल १ सय ५ मा सीमित रहन पुग्यो ।
मन्त्रालयको संख्या १२ बाट ७ मा झारेर ‘पोजेटिभ भाइब्स’ ल्याएका अधिकारीले दीर्घकालीन छाप राख्ने अरु काम गर्न पाएनन्
संयोग कस्तो भने अधिकारीले कार्यकारी जिम्मेवारीमा रहेर १ वर्ष पनि कार्यकाल पूरा गर्न पाएको इतिहास छैन । दुईपटक संघीय मन्त्री र एकपटक मुख्यमन्त्री बनेका खगराजले १ वर्षपनि काम गर्न पाएका छैनन् ।
दोस्रो संविधान सभाको निर्वाचनमा टिकट नपाएका खगराजलाई पहिलोपटक मन्त्री बन्ने अवसर जुर्यो । २०७१ सालमा प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भए । तर, ९ महिनामै पदमुक्त हुन पुगे ।
२०७४ सालको निर्वाचनमा अधिकारीले प्रतिनिधि सभा सदस्यको निर्वाचन जिते । तर, सुरुमा मन्त्री हुने अवसर पाएनन् । एमाले–माओवादी मिलेर बनेको नेकपा विभाजित अवस्थामा थियो । २०७७ जेठ २७ गते उनी केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बने । तर, अदालतको आदेशपछि १३ दिनमै उनी पदमुक्त भए ।
पुस २५ गते गण्डकीको मुख्यमन्त्री बनेका अधिकारीको यसपटकको सत्तायात्रा पनि लामो हुन पाएन । प्रदेश सरकारप्रति जनतामा देखिएको चरम निराशालाई कम गर्ने भन्दै अधिकारी नेतृत्वको सरकारले सुरुमै प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ७ मा झारेर सुरुआतमा ‘पोजेटिभ भाइब्स’ ल्याएका अधिकारीले दीर्घकालीन छाप राख्ने अरु काम गर्न पाएनन् । यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रालयको संख्या ७ बाट बढाएर १२ वटा पुर्याइएको थियो ।
कांग्रेस, माओवादी दुवैको दाबी
अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।
आइतबारसम्ममा नयाँ सरकार बन्ने नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले बताए । प्रदेश प्रमुखले छिट्टै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने दाबी गरे । उनले भने, ‘प्रदेश प्रमुखले संविधानअनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो ।’ कांग्रेसले आफ्नै नेतृत्वमा अब सरकार बन्ने दाबी गरेको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीको भोलि (आइतबार) सम्म लाग्ने बताएका छन् ।
अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउने उनले बताए । सहमति अनुसार आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने नेता चुमानको भनाइ छ । ‘कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा हामीले पाउनुपर्छ,’ चुमानले भने ।
सम्बन्धित खबर
सर्वोच्चले भन्यो: ‘गण्डकी सांसद फणिन्द्रलाई माओवादीले गरेको कारबाही असंवैधानिक’ [फैसला सहित]
फ्लोर क्रस गरेका फणिन्द्रको मन्त्री पद ३ दिनमै चट्
गण्डकीमा फ्लोर क्रस गरेका फणिन्द्र र जता पनि मिल्ने मनाङेलाई मन्त्री पद उपहार
फणिन्द्रले फ्लोर क्रस गर्दा गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
गण्डकी प्रदेश प्रमुख भट्ट सूर्योदय हेर्न सबेरै सराङकोटमा
सुजलले ल्यायो ‘सफल कुजिन लाइन’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
भारतले एशिया कप नखेले विश्व कप हुन नदिने पाकिस्तानको चेतावनी