‘लाउरे’ सहित ४ जना प्रहरीद्वारा सार्वजनिक, के-के बरामद भयो ?

‘लाउरे’ सहित ४ जना प्रहरीद्वारा सार्वजनिक, के-के बरामद भयो ?

laure pakrau

गत बुधबार लागुऔषध मुद्धामा पक्राउ परेका चर्चित ¥यापर आशीष राना मगर ’लाउरे’ सहित ४ जनालाई कास्की प्रहरीले आज सार्वजनिक गरेको छ ।

हिजो सार्वजनिक बिदाका कारण म्याद थप हुन सकेको थिएन । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीले ८ दिन म्याद थपेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बुधबार बेलुकी ७ बजेको समयमा पोखरा ८ जाल्पारोड स्थित महानगरपालिकाको पछाडी पट्टी अवैध लागू औषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा बिक्की भन्ने नबिन कुमार गुरुङको साथबाट लागूऔषध ब्राउनसुगर ०.५१ ग्राम फेला परेकोले सो बरामद गरी निजहरूबाट सोधपुछ एवं अनुसन्धान पश्चात्. वडा नं. ८ सभागृह स्थितमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२.५० ग्राम फेला पारेको हुँदा सो समेत गरी जम्मा १३.०१ ग्राम ब्राउनसुगर, डिजटल तराजु १ थान, नगद ३८ हजार ३ सय ५० रुपैयाँ, मोवाईल सेट ५ थान र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरी लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमाः

१. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजार बस्ने वर्ष ३२ को लाहुरे भन्ने आशिष राना ।
२. जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २१ घर भई हाल ऐ. वडा नं. १७ छोरेपाटन बस्ने वर्ष ३९ को ध्रुब बहादुर थापा।
३. जिल्ला कास्की रुपागाउँपालिका वडा नं. ७ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने वर्ष ३० को बिक्की भन्ने नबिन कुमार गुरुङ ।
४. जिल्ला स्याङ्जा भिरकोट नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङ ।

सम्बन्धित समाचारः

‘लाउरे’ लाई अनुसन्धानका लागि ८ दिन म्याद थप, युवतीसहित ३ जना को हुन् ? (नामसहित)

‘लाहुरे’ले ड्रग्स सेवन गर्ने स्वीकारे, प्रहरीसँग भने– ‘ड्रग्स नखाई कार्यक्रममा जान सक्दिनँ’

कारोबार पुष्टि भए ५ वर्ष जेल, सेवनको हकमा १ वर्ष

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी नेपाल इस्यूका सम्पादक हुन् ।

भर्खरै