पोखरा । ‘मिस ग्रेस पोखरा’ को फस्ट लुक चैत्र ७ गते लेकसाइडको ओपन हाउसमा गरिने भएको छ । वियोण्ड इन्टरटेनमेन्टको आयोजनामा हुने उक्त प्रतियोगिताको फस्ट लुक सार्वजनिक गरिने भएको हो ।
अन्तरवार्ता र सोसल मिडिया जजमेण्ट बाट छनोट भएका १० प्रतियोगिहरुले प्रतियोगितामा प्रस्तुति दिने छन् । ग्राण्ड फिनालेको लागि प्रतियोगीहरुलाई चैत्र ७ बाट चैत्र २८ गते सम्म आवश्यक तालिम र अभ्यास गराइने मिस ग्रेस पोखराका कार्यक्रम संयोजक डिजे सस्पोइजनले जनाकारी दिए ।
मिस ग्रेसका प्रतियोगिहरुलाई दक्ष प्रशिक्षकहरुद्वारा विभिन्नि विधामा प्रशिक्षण गराइने कार्यक्रम संयोजक डिजे सस्पोइजनले जानकारी दिएका छन् ।
पोखरामा हुने गरेका अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक बनाउने कार्यकर्म संयोजक सस्पोइजनले बताए। उक्त कार्यक्रमको विजेताले नगद ५० हजार सहित म्युजिक भिडियो र चितवन भ्रमण प्याकेजका साथै अन्य गिफ्ट ह्याम्पर, पुरस्कारहरु प्राप्त गर्ने मिडिया संयोजक कृष्ण न्यौपानेले जनाए ।
सम्बन्धित खबर
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
स्याङ्जाबाट यस वर्ष १ अर्ब १२ करोडको सुन्तला बिक्री
रवि लामिछानेको बयान दुई दिनमा सकियो, अब ४ जनाको बाँकी
अब रवि लामिछानेको बयान लिन सुरू गरिने, छविको बयान सकिने
अग्रज पत्रकार केशव शरण प्रेस काउन्सिल सदस्य नियुक्त
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, सहकारीको ३ करोड झिकेर पोखरामा दुईटा घर
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !