पाेखरा रंगशाला: फुटबल मैदानकाे भाैतिक निर्माण प्रगति अन्तिम चरणमा

पाेखरा रंगशाला: फुटबल मैदानकाे भाैतिक निर्माण प्रगति अन्तिम चरणमा

pokhara-rangasala

पोखरा रंगशालाको भौतिक निर्माण प्रगति ८६ प्रतिशत सम्पन्न भएको छ । रंगशालामा चेन्जिङ रुम, मिडिया सेन्टरलगायतको काम सकिएको छ ।

रंगशालाको चारैतिरको पिच निर्माणाधीन अवस्थामा छ भने ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी छ । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी छ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले पछिल्लो समय निर्माणको आवश्यक सामग्रीको अभावमा केही कामहरु रोकिएको बताउनुभयो ।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माणकार्य रोकिएको उहाँले बताउनुभयो । माछापुच्छ्रे हिमालको फेदमै करिब एक अर्ब २८ करोड ५० लाख रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको हो ।

गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म जारी १३औं दक्षिण एसियाली खेलकुद ९साग०का केही खेलहरु यही पोखरा रंगशालामा सम्पन्न भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता

भर्खरै