तनहुँमा शैक्षिक भ्रमणबाट फर्कने क्रममा नदीमा खसेर १५ वर्षीय बालक बेपत्ता

तनहुँमा शैक्षिक भ्रमणबाट फर्कने क्रममा नदीमा खसेर १५ वर्षीय बालक बेपत्ता

Tanahun

तस्वीर: तनहुँ प्रेस

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङ साइट क्षेत्रमा मर्स्याङ्दी नदीमा खसेर एक बालक बेपत्ता भएका छन् । चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण गरी फर्कने क्रममा मङ्सिर १२ गते साँझ करिब ६ः२० बजे उक्त घटना भएको हो ।

गाडी रोकेर शौचालय जाने क्रममा चितवनको भरतपुर महानगरपालिका–६ निवासी १५ वर्षीय अंकित गुरुङ सडकबाट तल नदीमा खसेर बेपत्ता भएका हुन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २३ मनकामना गण तनहुँबाट खोजीका लागि टोली परिचालन गरिएको छ ।

बेपत्ता बालकको खोजी तथा उद्धारका लागि चार जना गोताखोरसहितको सशस्त्र प्रहरी टोली घटनास्थलमा खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता