गण्डकीको टोलीमा प्रतिभा माविका २२ विद्यार्थी सम्मिलित

दशौँ राष्ट्रिय खेलकुद

गण्डकीको टोलीमा प्रतिभा माविका २२ विद्यार्थी सम्मिलित

Prativaa

पोखरा ।  दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने भएका छन् । प्रतिभामा अध्ययनरत विद्यार्थीहरूले ह्यान्डबल, बास्केटबल, लन टेनिस, हक्की, चेस, टेबल टेनिस र महिला क्रिकेट लगायतका विभिन्न खेलका लागि गण्डकी प्रदेशको टोलीमा छनौट भएका हुन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूमा हक्कीमा सञ्जु थापा, चेसमा दिलासा थापा, ब्वाइज बास्केटबलमा ओमकार रकाल, टेबल टेनिसमा दीप निशान शाही, लन टेनिसका दर्शिल श्रेष्ठ र महिला क्रिकेटमा सेरिना थापाले सहभागिता जनाउनेछिन् ।

त्यसैगरी, ह्यान्डबलतर्फ कुसुम बानियाँ, स्वेच्छा थापा, रोशनी पुन, सोफिया गुरुङ र कन्चन राना मगर रहेकी छन् । गल्र्स बास्केटबलतर्फ स्वेच्छा पुन, क्यारोल श्रेष्ठ, एलिशा पुर्जा, जेनिशा पान्डे, प्रेम कुमारी बिक, नबिना गुरुङ, नन्दिता गुरुङ, श्रेया गुरुङ, अन्शु थापा, युविना श्रेष्ठ र कुसुम गुरुङ छनौट भएको विद्यालयका सञ्चालक नारायण पौडेलले बताए ।

उनले राष्ट्रियस्तरको प्रतिष्ठित प्रतियोगितामा विद्यार्थी खेलाडीहरूको सहभागिताले खेल प्रतिभाको निखारसँगै आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वास लिएको बताए । सो सहभागिताले विद्यालय मात्र नभई समग्र गण्डकी प्रदेशकै गौरवलाई थप बलियो बनाउने अपेक्षा लिइएको छ ।