भोटेकोशी बाढी: सुरुङ क्षेत्रमा खोजी जारी

भोटेकोशी बाढी: सुरुङ क्षेत्रमा खोजी जारी

Uddar

भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।

नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो त्रिशूली–१ र त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा पावरहाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखेका छन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली थ्री ‘बी’ मा एक्साभेटर र ब्याकहो लोडर प्रयोग गरी आवासगृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावरहाउसतर्फ खोजी केन्द्रित गरिएको छ । त्यसैगरी रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली थ्री ‘ए’ र त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो ।

नेपाली सेनाले हालसम्म हवाई माध्यमबाट मात्र चार हजार १७७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ८९४ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् ।

रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङ तथा आयोजनाका अन्य संरचनामा खोजी गरिरहेको छ । लाङटाङ जलविद्युत् आयोजनामा ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरिए पनि हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ ।

त्यसै गरी चिलिमे जलविद्युत् आयोजनामा भने खोजी कार्य थप कठिन बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता