बाढीपीडितलाई सिद्धार्थ आमा समूह सिम्पानीको ५० हजार ५ सय ५० सहयोग

बाढीपीडितलाई सिद्धार्थ आमा समूह सिम्पानीको ५० हजार ५ सय ५० सहयोग

Simpani

पोखरा ।   पोखरा महानगरपालिका १ सिम्पानीमा सक्रिय सिद्धार्थ आमा समूहले बाढीपीडित परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

समूहले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित भएका परिवारहरूको राहत तथा उद्धारका लागि ५० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको हो ।

उक्त संकलित रकम बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार र पुनस्र्थापनाका लागि ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको समूहकी आर्थिक संयोजक ऋतु भण्डारी काफ्लेले जानकारी दिइन् ।

उनका अनुसार यसअघि तय गरिएका दरखाने लगायतका सांस्कृतिक कार्यक्रमहरू स्थगित गरेर उक्त रकम राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको हो ।

विपद्को घडीमा फजुल खर्च कटौती गरी पीडित परिवारलाई सानो सहयोग पु¥याउने उद्देश्यले सहयोग गरिएको समुहकी अध्यक्ष दिलमाया लामिछानेले बताइन् । उक्त कार्यका लागि समूहका आजीवन सदस्य, कार्यसमिति सदस्य तथा पदाधिकारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरेका थिए ।

अध्यक्ष लामिछानेले विपद्को समयमा सबैको सानो सहयोगले पनि ठूलो राहत पुग्ने भन्दै सहयोगदाताहरू प्रति आभार व्यक्त गरिन् । साथै, आमा समूहले आगामी दिनमा पनि यस्ता सामाजिक र परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल इस्यू

नेपाल इस्यू

नेपाल इस्यू संवाददाता