नेपाल र जापानबीचको सम्बन्ध र ७० वर्षको सहकार्यलाई लक्षित गर्दै काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने भएको छ ।
एमजे इन्टरटेनमेण्ट र एमएन प्रोडक्शनको संयुक्त आयोजनामा आगामी कात्तिक १४ गते लैनचौरस्थित एक होटलमा यो महोत्सव हुन लागेको हो । एमजे इन्टरटेनमेण्ट एण्ड एमएन प्रोडक्शनका प्रतिनिधि जित लामाकाअनुसार कार्यक्रम दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको मुख्य उद्देश्य सांस्कृतिक आदानप्रदानका साथै परोपकारी कार्यमा सहयोग पु¥याउनु रहेको छ ।
टिकट विक्रीबाट प्राप्त हुने कुल रकमको ५० प्रतिशत हिस्सा सामाजिक संस्था जाइकाले गरिरहेका विभिन्न कल्याणकारी कार्य र अनाथ बालबालिकाहरूको सहयोगका लागि खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागी हुन चाहने दर्शकका लागि टिकट दर १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
जसमा भीआईपी र जनरल सबैका लागि समान शुल्क रहनेछ । डिजिटल भुक्तानी पार्टनरका रूपमा ‘खल्ती’ एपमार्फत टिकट खरिद गर्न सकिनेछ ।
सांगीतिक आकर्षणका लागि जापानबाट ताके कोकुयो, रियो, सन र सुमो रेसलरहरूको विशेष प्रश्तुति रहनेछ । त्यस्तै, नेपालका तर्फबाट कुसुम सागर एण्ड द कोपा, पूर्ण राई एण्ड दाजुभाइ, बेख र एवाइजी (¥यापर) लगायतका कलाकारहरूले आ–आफ्नो प्रस्तुती दिनेछन् ।
सम्बन्धित खबर
काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
तस्बिरमा हेर्नुहाेस् ‘भोटो जात्रा’
‘कोरोनाको त्रास’
‘कोरोना कहर’
‘हाँस्छु बोल्छु तिमीसँगै बुझिदेउन कुरा काली’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा