जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ

अपराध

जिप्रका कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ

Bishnu
Worldlink

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पोखरा महानगरपालिका ४ स्थित एक खाजाघरबाट थापालाई शनिबार पक्राउ गरिएको हो ।

लागुऔषध मुद्दाका प्रतिवादीलाई मुद्दा मिलाउन सहजीकरण गरिदिने भन्दै  ५० हजार रकम लिएको निवदेनका आधारमा क्षेत्रीलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी रामहरी शर्माले  बताए ।

सो घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।