तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दिपुर गाउँपालिकाको संयुक्त आयोजनामा वैशाख १८ र १९ गते मेला हुन लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सो मेलाको तयारी सुरु भइसकेको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए ।
नेपाल सरकारको १६ औं योजनाले वार्षिक २५ लाख पर्यटक भित्राउने र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटनको योगदान ७ प्रतिशत पु¥याउने लक्ष्य राखेको सन्दर्भमा यो मेला महत्वपूर्ण हुने लामिछानेको भनाई छ ।
उनका अनुसार यसअघिका संस्करणहरु पोखरा केन्द्रित हुँदै आएका कार्यक्रमहरूलाई विकेन्द्रीकरण गर्दै पहिलोपटक ऐतिहासिक पर्यटकीय नगरी बन्दिपुरमा आयोजना गर्न लागिएको हो ।
पहाडकी रानीका रूपमा परिचित बन्दिपुरमा ‘बन्दिपुर भ्रमण वर्ष २०२५’ समेत सम्पन्न भई पुन: भ्रमण वर्ष घोषणा गरिएको बताउँदै मेलाले पर्यटनलाई थप उचाइमा पु¥याउने गाउँपालिकाको विश्वास छ ।
२ दिन चल्ने सो मेलामा ३० भन्दा बढी सामुदायिक होमस्टे तथा गाउँ पर्यटनसँग सम्बन्धित फर्महरूको सहभागिता रहने छ ।
यस्तै मेलाको मुख्य आकर्षणका रूपमा बी–टु–बी र बी–टु–सी कनेक्टिभिटी रहेको बताउँदै बन्दिपुर गाउँपालिका प्रमुख सुरेन्द्र बहादुर थापाले बताए । ‘यस कार्यक्रमले गाउँका साना पर्यटन व्यवसायीलाई सहरी बजार र ठूला एजेन्सीहरूसँग सिधै जोड्ने प्लेटफर्म प्रदान गर्नेछ,’ उनले भने ।
उनले ‘गाउँ पर्यटनबाट समृद्धिको यात्रा’ र ‘बन्दिपुर पर्यटन: हिजो, आज र भोलि’ विषयमा प्यानल छलफल (बहस) हुने जानकारी दिए ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा हुने यस मेलालाई पर्यटनको राजधानी गण्डकी प्रदेशको समृद्धिसँग जोड्ने लक्ष्य लिइएको भिटोफ गण्डकीकी अध्यक्ष शोभा सापकाेटाले बताइन् ।
उनले मेलामा विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति, होमस्टेका स्टलहरू र सूचना सामग्री वितरणका कार्यक्रम पनि तय गरिएको सुनाइन् ।
कार्यक्रममा पर्यटन व्यवसायी, नीति निर्माता, स्थानीय जनप्रतिनिधि, स्वदेशी तथा विदेशी पर्यटकका साथै कलेज तथा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । मेलालाई बन्दिपुर क्षेत्रीय होटल संघ, पोखरा पर्यटन परिषद्, होमस्टे महासंघ गण्डकी र रेवान तनहुँले सहयोग गरेका छन् ।
सम्बन्धित खबर
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
चौंथो ‘गाउँ पर्यटन मेला’ बन्दिपुरमा हुने
बढ्यो आलुको कारोवार
डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा