काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषदका सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण पेश गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट एक करोडभन्दा बढी आर्जन गरेको विवरण पेस गरेका छन् । मन्त्रिपरिषद्मा पेस सम्पत्ति विवरण अनुसार उनले फेसबुक, युट्युब, टीकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त आर्जन गरेको उल्लेख गरेका छन् । उनले श्रीमतीसँग १९० तोला बराबर सुन चाँदी रहेको विवरण उपलब्ध गराएका छन् ।
यस्तै महोत्तरीमा पैतृक सम्पत्तिअन्तर्गत नौ बिघा जग्गा रहेको विवरण छ। यस्तै,काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख गरिएको छ ।
सम्बन्धित खबर
सिरहामा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा