पोखरा । नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ बुधबारदेखि सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सुरु भएको मेला मंसिर २१ गतेसम्म चल्नेछ ।
मेलाको सहआयोजकका रुपमा कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) कास्कीले सहकार्य गरेको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कोरला नाकाका कारण गण्डकी प्रदेशले समृद्धि हाँसिल गर्न सक्ने बताए । आफूहरुको पहलमा मन्त्रालयले नाका जाने बाटो र त्यहाँको पूर्वाधार निर्माण गरिरहेको उनको दाबी छ ।
अध्यक्ष ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताए । नेपालकै पुँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने उनले तर्क गरे ।
ढकालले नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडिपी) बनाइएको जानकारी दिए । एनडिपीकै माध्यमबाट धेरै व्यवसायी समेटेर नेपालकै पुँजी परिचालन गरी ५० अर्बका प्रोजेक्ट बनाउन थालिएको उनले सुनाए । स्थानीय उत्पादनलाई प्रोत्साहनसँगै प्रवद्धन गर्न सके अर्थतन्त्र बलियो हुने उनको भनाइ छ ।
आयोजक संघ अध्यक्ष गोकर्ण कार्कीले अर्थतन्त्रको कुनै एउटा क्षेत्रलाई असर पर्दा त्यसको असर समग्र अर्थतन्त्रलाई नै पर्ने बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दिगो विकासका लागि नीतिगत तथा कानुनी सुधार गर्नुपर्नेमा उनको जोड छ ।
५ दिनसम्म चल्ने मोलामा उद्यमशीलता र व्यावसायिक वातावरण निर्माणका लागि नीतिगत पैरवी गर्न मेलास्थलमै कृषि, पर्यटन र सरकारका आर्थिक नीतिबारे बहसमूलक कार्यक्रम पनि सञ्चालन गरिने छन् । अध्यक्ष कार्कीले जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी÷व्यवसायीको मनोबल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्र्नु मेलाको उद्देश्य रहेको बताए ।
क्यान महासंघ कास्की अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् नयाँ युगको आवश्यकता सम्बोधन गर्ने प्रयत्न गर्ने बताए । उनले मेलामा सूचना, प्रविधि क्षेत्रमा पछिल्लो समय बजारमा आएका उत्पादन प्रदर्शनीमा राखिएको जानकारी दिए ।
संघकी महासचिव शोभा गौतमले मेलालाई उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष भेटघाटको थलोका रूपमा लिँदै यस क्षेत्रको मौलिक संस्कृति प्रदर्शन गरिने जानकारी दिइन् । मेलामा सूचना प्रविधिका नयाँ उत्पादन, घरायसी सामान, स्वदेशी हस्तकला, महिला उद्यमीका उत्पादन, अटो र औद्योगिक उत्पादन रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र महासंघ गण्डकी प्रदेश संरक्षक रहेको मेलाको मुख्य प्रवद्र्धक पोखरा महानगरपालिका हो भने गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवद्र्धकका रूपमा छन् ।
सम्बन्धित खबर
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो: रवि लामिछाने
सपथ लिदैं रविले भने- ‘अपरिपक्व हुने छुट छैन’
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने
रास्वपा उपसभापतिमा स्वर्णिम निर्विरोध
रास्वपा सभापतिमा निर्विरोध लामिछाने निर्वाचित
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा