काठमाण्डौ । प्रदेश प्रमुखहरूसँग श्रष्टा पदयात्रा नेपालको पदाधिकारी टोली र मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन् ।
प्रदेश प्रमुख निवास भैंसेपाटीमा सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसँग टोलीले संयुक्त भेट गरेको हो ।
उक्त अवसरमा प्रतिनिधि सभा सांसद सराज अहमत फारुकी, संविधानसभा सदस्य तथा पूर्वमन्त्री जाकिर हुसेन, वरिष्ठ चिकित्सक डा. काशीम शाह, इस्लामिक संघका अध्यक्ष मौलाना नजरुल हसनको उपस्थिति थियो । यस्तै, साहित्यकार लक्ष्मण रायमाझी, श्रष्टा पदयात्रा नेपालका अध्यक्ष शितल गिरी, उपाध्यक्ष विमल अर्याल, जनसम्पर्क प्रमुख डा. बालचन्द्र मिश्र, कार्यसमिति सदस्य प्रतिक घिमिरे लगायत सहभागी थिए ।
मुस्लिम अगुवाहरुले सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँको समुपस्थितिमा बागमती प्रदेश प्रमुख र गण्डकी प्रदेश प्रमुखलाई नेपालमा मुस्लिम समुदायको उपस्थिति, कुन प्रदेशका कहाँ ? कति ? मुस्लिम समुदायको बाहुल्यता छ भन्नेबारे विस्तृतमा जानकारी गराए ।
यस्तै, श्रष्टा पदयात्रा नेपाल टोलीले पनि मुलुकका विभिन्न जिल्लामा पदयात्रा कार्यक्रम गरिसकिएको जानकारी गराउँदै अब १०० औं पदयात्राको तयारीमा रहेको बताए ।
साहित्यकार, लेखकहरु मिलेर सात वर्ष अघिदेखि सक्रियतापूर्वक अघि बढेको यो संस्थाले पठन संस्कृतिको विकाससँगसँगै प्रकृतिको सानिध्यमा रहेर श्रष्टाहरुका सिर्जना प्रस्फुटन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको उल्लेख गरे ।
सम्बन्धित खबर
तीन प्रदेश प्रमुखसँग मुस्लिम समुदायका अगुवा र श्रष्टा पदयात्रा टोलीको भेट
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता: राष्ट्रपति पौडेल
मेडिकल कलेजलाई स्वास्थ्यमन्त्रीको चेतावनी: आठौँ तह सरह भत्ता नदिनेको सम्बन्धन खारेज हुन सक्छ
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन
देउवासँग भेट्ने प्रचण्डको चाहना, देउवाले भने- तपाईंसँग हुँदा ओलीसँग भेटिनँ, अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ
सरकारद्वारा संसद् अधिवेशन आह्वानका लागि सिफारिस
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !