काठमाण्डौ । प्रदेश प्रमुखहरूसँग श्रष्टा पदयात्रा नेपालको पदाधिकारी टोली र मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन् ।
प्रदेश प्रमुख निवास भैंसेपाटीमा सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँ, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसँग टोलीले संयुक्त भेट गरेको हो ।
उक्त अवसरमा प्रतिनिधि सभा सांसद सराज अहमत फारुकी, संविधानसभा सदस्य तथा पूर्वमन्त्री जाकिर हुसेन, वरिष्ठ चिकित्सक डा. काशीम शाह, इस्लामिक संघका अध्यक्ष मौलाना नजरुल हसनको उपस्थिति थियो । यस्तै, साहित्यकार लक्ष्मण रायमाझी, श्रष्टा पदयात्रा नेपालका अध्यक्ष शितल गिरी, उपाध्यक्ष विमल अर्याल, जनसम्पर्क प्रमुख डा. बालचन्द्र मिश्र, कार्यसमिति सदस्य प्रतिक घिमिरे लगायत सहभागी थिए ।

मुस्लिम अगुवाहरुले सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाँको समुपस्थितिमा बागमती प्रदेश प्रमुख र गण्डकी प्रदेश प्रमुखलाई नेपालमा मुस्लिम समुदायको उपस्थिति, कुन प्रदेशका कहाँ ? कति ? मुस्लिम समुदायको बाहुल्यता छ भन्नेबारे विस्तृतमा जानकारी गराए ।
यस्तै, श्रष्टा पदयात्रा नेपाल टोलीले पनि मुलुकका विभिन्न जिल्लामा पदयात्रा कार्यक्रम गरिसकिएको जानकारी गराउँदै अब १०० औं पदयात्राको तयारीमा रहेको बताए ।

साहित्यकार, लेखकहरु मिलेर सात वर्ष अघिदेखि सक्रियतापूर्वक अघि बढेको यो संस्थाले पठन संस्कृतिको विकाससँगसँगै प्रकृतिको सानिध्यमा रहेर श्रष्टाहरुका सिर्जना प्रस्फुटन गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको उल्लेख गरे ।
सम्बन्धित खबर
गण्डकी सरकारद्वारा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना गर्ने निर्णय
गृहमन्त्री सुदनले दिए राजिनामा
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा