प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिए। दाहालको त्यो अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा एक खाले आशङ्कासमेत पैदा भएको छ।
तर, त्यो हल्ला मात्रै भएको कांग्रेस नेताहरू बताउँछन्। सभापति शेरबहादुर देउवा निकट एक नेताले भने, ‘प्रचण्डजीले जे-जे भन्नुभयो, ती हल्ला मात्रै हुन्। उहाँको कुरा भनेको चाहिँ ओलीजी प्रधानमन्त्री हुँदा अशान्त जस्तो भयो, त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भन्ने हो। त्यो हामीले बुझेका छौँ। तर, हामी स्थायित्वको पक्षमा छौँ। त्यसैले असार १७ को समझदारीमा उहाँ (शेरबहादुर देउवा) अडिग हुनुहुन्छ।’
ती नेताका अनुसार दाहालले देउवासँग भेटेर संवाद गर्ने प्रस्ताव पठाएका थिए। तर, देउवाले त्यसलाई अस्वीकार गरे। ती नेताका अनुसार अहिले आफू केपी शर्मा ओलीसँग रहेको भन्दै देउवाले दाहालको भेटेर कुरा गर्ने प्रस्ताव अस्वीकार गरेका हुन्।
देउवालाई उद्धृत गर्दै ती नेताले भने, ‘पहिले तपाईंसँग थिएँ, ओलीसँग भेटिनँ। अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ। भेटिँदा त्यसले तपाईंलाई पनि र मलाई पनि राम्रो गर्दैन। हामी स्थायित्वको पक्षमा छौँ। तपाईं हामी मिलेर सरकार बनाएको खण्डमा त्यसले स्थायित्व पाउँदैन।’
ती नेताका अनुसार खासगरी दोस्रो तहका माओवादी नेताहरूले विभिन्न तवरबाट सरकार गठन गर्ने प्रस्ताव लिएर आउने गरेका छन्। तर, कांग्रेस त्यो ‘ललिपप’मा नभुलेको र नभुल्ने ती नेताको भनाइ छ।
यसअघि पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्ता क्रममा माओवादी अध्यक्ष दाहालले सरकार जुनसुकै बेला परिवर्तन हुनसक्ने बताएका थिए। त्यसको भोलिपल्ट गृहजिल्ला चितवन झरेका उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिएका थिए। आफूलाई प्राप्त विभिन्न सूचनाका आधारमा आफू बोलेको उल्लेख गर्दै उनले भनेका थिए- यो सरकार धेरै उता जान सहज छैन।
तर, यो हल्ला मात्रै भएको कांग्रेस नेताहरूले बताएका छन्। जसै डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउदलगायतका नेताहरूले प्रधानमन्त्री ओलीका प्रति रोष पोख्दै आएका छन्।
यही बेला दाहालले त्यसरी बोल्दा राष्ट्रिय राजनीतिमा आशङ्का पैदा भएको हो। ठीक त्यही बेला रुपन्देही पुगेका प्रधानमन्त्री ओलीले सरकार ढल्दै नढल्ने प्रश्न बिनाको जवाफ दिएका थिए। यसपछि झनै भित्र केही पाकिरहेको त छैन भन्ने आशङ्का उब्जिएको थियो। तर, प्रमुख सत्ता साझेदार दलहरूले ती विषय हल्ला मात्रै भएको बताउने गरेका छन्।
सम्बन्धित खबर
दीपेन्द्रको शतकमा युएईलाई २९० को लक्ष्य
बल्खु–वंशीघाटका ५० सुकुम्बासीले बुझाए विवरण
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
४ करोड ८४ लाखमा बन्यो गण्डकी प्रदेश प्रहरी अस्पताल
कोशीमा बर्डफ्लु: २ लाख २७ हजार कुखुरा मारिदैं
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक (विवरणसहित)
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
घरेलु उपचार कति प्रभावकारी !
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा