सिरहामा भ्यालेन्टाइन मनाउने नाममा १५ वर्षीया नाबालिकालाई बेहोस हुने गरी बलात्कार गर्ने एक किशोर लहानबाट पक्राउ परेका छन्।
लहान नगरपालिका वडा नं. २ मा कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव नाबालिका वलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
यादवले ती किशोरीलाई ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर बेहोश हुने गरी बलात्कार गरेको आरोप छ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए । बलात्कृत नाबालिकाको अवस्था गम्भीर छ ।
बलात्कृत नाबालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।
पीडित परिवारले मध्यराति १२ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएको थियो। पीडित पक्षबाट सूचना पाएपछि बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ।
सम्बन्धित खबर
सिरहामा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा