नेकपा (माओवादी केन्द्र)का सहायक संगठन वाइसीएल नेपालका अध्यक्ष शुबोधराज शेर्पालीले लडाकु शिविर (क्यान्टोनमेन्ट)को छानबिन गर्न प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन्।
वाइसीएल नेपाल लगायत माओवादी निकट जनवर्गीय संगठनहरुले पछिल्लो चरण सरकारले सुरु गरेका भ्रष्टाचार विरोधी अभियानमा एक्यवद्धता जनाउँदै अध्यक्ष शेर्पालीले गणतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका जनमुक्ति सेनाहरूलाई पटकपटक क्यान्टोनमेन्टको कुरा निकालेर अपमान गर्ने काम भइरहेकोले यसको सत्य तथ्य छानबिन गर्न माग गरेका हुन्।
सरकारले नक्कली भुटानी शरणार्थी बनाएका ठुला नेताहरूलाई कानुनको कठघरामा उभ्याउदै गर्दा क्यान्टोनमेन्टको कुरा निकालेर कांग्रेस एमालेका नेताहरूले जनताको ध्यान अर्कैतिर मोड्न खोजेको भन्दै उनले क्यान्टोनमेन्टको छानबिन गरेर जनतामा परेको भ्रम चिर्नु पर्ने बताए।
सम्बन्धित खबर
आजदेखि कांग्रेस इतर पक्षको भेला, देउवाले उद्घाटन गर्ने
सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो: रवि लामिछाने
सपथ लिदैं रविले भने- ‘अपरिपक्व हुने छुट छैन’
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा