पोखरा । सँगै बसेर खाए, पिए, क्लबमा गएर रमाईलो गरे । तर, ४ जनाले विना सहमति एकै युवतीलाई करणी गरे । यही नै तनहुँ भिमादका चार युवकले गल्ती गरे । धादिङ घर बताउने एक युवती (नाम, ठेगाना गोप्य) ले आफूलाई चार जनाले जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएपछि तनहुँ भिमादका ४ जना होटलबाट सिधै हिरासतमा पुगेका छन्।
रमाईलो गर्ने मुडमा पोखरा आएका एकै गाउँका ४ जना युवाहरुले एउटै युवतीमाथि जबर्जस्ती करणी गरेपछि नयाँवर्षको रमाईलो नसकिँदै ईज्जत र जिन्दगी बर्बाद भएको छ । पक्राउ पर्नेमा तनहुँ भिमाद ५, रेसिङपाटन का २१ वर्षीय राजन गैरे र सरोज कुमार श्रेष्ठ, २४ वर्षका राजु नेपाली र अनिल गौतम छन् ।
विश्वस्त श्रोतका अनुसार सुरुमा ति २२ वर्षीया युवतीलाई राजनले होटल लगेका थिए । होटल द पोखरा युनाइटेड, लेकसाइडमा रुममा गएपछि तीन जना साथीहरु थपिएका थिए । वडा प्रहरी बैदाम भने यसमा चारित्रिक कुरा जोडिएकाले हुनसक्छ, खुलेर बोल्न मानेन ।
तर, प्रतिक्रिया लिन खोज्दा वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले युवती स्वयंले मौखिक उजुरी गरेपछि ४ जनालाई नियन्त्रणमा लिएको स्विकार गरे । स्वास्थ्य परिक्षणका साथ कसुर अनुसार आवश्यक कारबाही जिल्लाबाटै हुने शाहले बताए ।
सोमबार बिहान ३ बजेतिर मात्र प्रहरीकहाँ उजुरी परेको थियो । पोखराको लेकसाइडमा रहेको कर्मा क्लबमा उनीहरु नयाँ वर्षको रात रमाइलो गरेका थिए ।
सम्बन्धित खबर
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र सार्वजनिक, दुई जना पक्राउ
६ लाख घुससहित इन्जिनियर पक्राउ
पाेखरामा लागुऔषधसहित विकास नेपाली पक्राउ
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
झ्याल बनाउने निहुँमा घरमा पस्दै सुनका गहना चोरी गर्ने दुई पक्राउ
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा