पोखरा महानगरपालिका वडा नं. ३३ स्थित पशुपतिघाटमा गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ । बिआरएस सोलुसन इन्जिनियरिङले झण्डै १६ लाख रुपैंया लिएर सो डिपिआर तयार गरेको हो ।
एक अर्ब ६० करोड लागत अनुमान गरिएको सो रंगशाला पशुपतिघाटको एक सय ७४ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिव तेज प्रसाद काफ्लेका अनुसार अब जग्गा सम्याउने काम सुरु हुनेछ ।
रंगशालाको क्षमता १८ हजार दर्शक क्षमताको हुनेछ । गण्डकी सरकारले यस वर्ष विनियोजन गरेको २ करोड रुपैंया रंगशालामा खर्च गरिनेछ । रंगशाला ३ देखि ४ बर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्या राखिएको छ । रंगशाला सम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेभेलियन, पिच, होस्टल, भिआइपी बिल्डिङ, मिडिया कक्ष लगायत निर्माण हुनेछन् ।
श्रोत, भिडियो: केशव पाठक




सम्बन्धित खबर
शकिब अल हसनले पोखराबाट एनपीएल खेल्ने
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
स्विट्जरल्यान्डविरुद्ध सानदार जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा