काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूको यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै विभिन्न सडक खण्डमा भएको अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो ।
कोशी प्रदेशअन्तर्गत सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका-४ स्थित नेता भिरमा असोज २ गते बिहान १०:३० बजे पहिरो जाँदा कोशि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन।
यसैगरी बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक आवतजावतमा असर परेको छ। काभ्रे जिल्लाको वि.पि. राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राख्दै असोज १६ गतेदेखि विशेष व्यवस्था लागू गरिएको छ। साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सडक बन्द रहने र बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म परिस्थिति हेरेर १० टनसम्मका मालवाहक सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएको छ।
रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू असोज० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्। नुवाकोटको शिवपुरी गाउँपालिका-८ स्थित घट्टेखोलामा असोज ०१ गते राति २२:०० बजेदेखि सम्भावित बाढी र पहिरोको जोखिमका कारण टोखा छहरे सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा असोज ०१० गते बिहान १०:३० बजे बाढी आएका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
धादिङ जिल्ला भएर जाने पृथ्वीलोकमार्गमा भने पहिरो हटाई यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाडखोलामा भदौ १६ गते र शीतलबजारमा भदौ २६ गते गएको पहिरो साफ गरी सडकलाई एकतर्फी सुचारु गराइएको छ। सडक विभाग र प्रहरी टोली अवरुद्ध सडकहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन निरन्तर खटिरहेका छन्।

सम्बन्धित खबर
देशका विभिन्न राजमार्गमा पहिरो र बाढीको असर, यस्तो छ पछिल्लो विवरण
भोटेकोसी बाढी: अहिलेसम्म १४५१ जनाको शव भेटियो, ४६५५ अझै बेपत्ता
भोटेकोशी बाढी: सुरुङ क्षेत्रमा खोजी जारी
ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व, चन्द्रमाया सर्वसम्मत
बाढीपीडितलाई सिद्धार्थ आमा समूह सिम्पानीको ५० हजार ५ सय ५० सहयोग
श्रम संस्कृति पार्टीको बाढीपीडित राहत कोषमा ६ लाख ४९ हजार संकलन
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा