अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ।
सेन्टकमका अनुसार इरानले हर्मुज स्ट्रेटमा साइप्रस झन्डावाला कन्टेनर जहाजमा आक्रमण गरेपछि जवाफी हमला गरिएको हो। जहाजमा आगो लागेको छ भने इन्जिनमा व्यापक क्षति भएको छ। र, चालक दलका एक सदस्य बेपत्ता भएका छन्।
उता इरानले भने अनधिकृत रूपमा जहाज प्रवेश गर्न थालेपछि हर्मुज जलमार्ग अनिश्चितकालका लागि बन्द गरिएको बताएको छ।
सेन्टकमले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘व्यावसायिक जहाजमा यसअघि गरिएको हमलाका बेला जवाफदेहिता निर्धारण गरिसकेपछि पनि इरानलाई सम्झौता पालना गर्ने अर्को अवसर दिइएको थियो, तर यो फेरि असफल भयो।’
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेन्टकमको विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्यो। अब उसले मूल्य चुकाउनुपर्नेछ।’ यसैबिच इरानले बदलामा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको इरानको सरकारी टीभी आईआरआईबीले जनाएको छ।
सम्बन्धित खबर
अमेरिका-इरानबिच फेरि हानाहान, हर्मुज जलमार्ग बन्द
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
भेनेजुएलामा शक्तिशाली भूकम्प: २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
युवा प्रधानमन्त्री तोकेर चुनावमा गएको थाइल्यान्डको चर्चित पार्टी पराजित
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा