पाेखरा– नेपालमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
आइतबार पर्यटकीय नगरी पोखरामा भारतीय दुतावासको आयोजनामा विशेष कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको महत्वलाई जनस्तरसम्म पु¥याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई दक्ष योग प्रशिक्षकहरूद्वारा विभिन्न योगासन, प्राणायाम र ध्यानका विधिहरूका बारेमा अभ्यास गराइएको थियो ।

काठमाडौंस्थित भारतीय दुतावासले हरेक वर्ष नेपालका विभिन्न शहरहरूमा योग दिवसको अवसरमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
पोखरामा आयोजित यस विशेष सत्रले योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।
विश्वभर जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिए पनि यसको पूर्वसन्ध्या र साताव्यापी कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा योग शिविर र चेतनामूलक कार्यक्रमहरू भइरहेका छन् ।
पोखरामा सम्पन्न यस कार्यक्रमले नेपाल र भारतबीचको प्राचीन सांस्कृतिक सम्बन्ध र योगको साझा विरासतलाई थप मजबुत बनाएको बताइएको छ ।









सम्बन्धित खबर
कांग्रेस-एमाले नै बाँकी कार्यकाल चलाउन्, नेकपा त्यता लाग्दैन: नारायणकाजी
पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री
नेपाल भलिबल लिगका लागि ६ मार्की खेलाडी चयन
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
६ लाख घुससहित इन्जिनियर पक्राउ
पोखरामा थ्रिभिथ्री बास्केटबल हुने, उपाधि राशी ४२ हजार २ सय २२
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा