कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।
पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चुनिएका हुन् ।
सो कार्यसमितिको उपाध्यक्षमा विष्णु गुरुङ निर्वाचित भए ।
यस्तै सचिवमा दिलु लामा मोक्तान दोहोरिएकी छिन् । भने, सह–सचिवमा बबिता कार्की र कोषाध्यक्षमा भोजबहादुर गुरुङ (भोज गुरुङ) चुनिए ।
कार्यसमिति सदस्यहरूमा प्रकाश गुरुङ, मन बहादुर गुरुङ र अमिर शर्मा चयन भए ।
जिवन गुरुङको नेतृत्वमा गठित ११ सदस्यीय कार्यसमितिमा ३ जनालाई भने बैठकबाट मनोनित गरिनेछ ।
नवनिर्वाचित अध्यक्ष गुरुङले पोखरा क्षेत्रका लोक दोहोरी रेस्टुरेन्ट व्यवसायीहरू तथा सम्पूर्ण कलाकारहरुको हकहितको पक्षमा काम गर्दै आएको स्परण गराउँदै पुनः संस्थालाई सकरात्मक बाटोमा डोर्याउने प्रतिबद्धता जनाएका थिए ।
नवनिर्वाचित नेतृत्वले कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्ताएको रात्रिकालीन दोहोरी व्यवसायलाई थप चलायमान बनाउनुका साथै लोक संस्कृतिको जगेर्ना गर्न सघाउ पुर्याउने व्यवसायीहरूको अपेक्षा छ ।
सम्बन्धित खबर
घान्द्रुकमा भरिए पर्यटक, सम्पर्क गरेर मात्रै जान आग्रह
भुपाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३
पोखराबाट रितु गुरुङ बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जिवनको ह्याट्रिक
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा