रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’

रुकुममा ‘पोखरा प्रवर्द्धन अभियान टाेली’

Prithvi
Worldlink

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्यटन प्रवर्द्धनसम्बन्धी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ।

समितिले गण्डकी प्रदेशसँगै देशका विभिन्न जिल्लामा पुगेर पोखराको पर्यटन प्रवर्द्धन, आन्तरिक पर्यटन विस्तार तथा व्यवसायिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको जनाएको छ।

यसअघि शुक्रबार बागलुङ बजारमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी, पर्यटनकर्मी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले पोखरा र बागलुङबीच पर्यटन सहकार्य, प्राकृतिक तथा धार्मिक गन्तव्यहरूको प्रवर्द्धन, पर्यटकको बसाइ अवधि लम्ब्याउने रणनीति र सेवा गुणस्तर सुधारका विषयमा धारणा राखेका थिए।

कार्यक्रममा “प्रकृतिसँग रमाऔं” भन्ने अवधारणालाई केन्द्रमा राख्दै पोखराको प्राकृतिक सौन्दर्य, तालतलैया, हिमश्रृंखला तथा सांस्कृतिक सम्पदाको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेकोमा जोड दिइएको थियो। होटल व्यवसायलाई समयानुकूल व्यवस्थित र प्रतिस्पर्धी बनाउन संयुक्त पहल आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।

पृथ्वी होटल व्यवसायी समिति कास्कीका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले पर्यटन पुनरुत्थान, अन्तरजिल्ला सहकार्य र पोखरालाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

आज मुसिकोट र रुकुमकोटमा हुने अन्तरक्रिया कार्यक्रममा स्थानीय होटल व्यवसायी, पर्यटनकर्मी, उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन गाहा 'सुशान्त'

अर्जुन गाहा 'सुशान्त'

गाहा नेपाल इस्यूका कार्यकारी सम्पादक हुन् ।