काठमाडौं । सुजल डेरी प्रालिले नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर’ बजार ल्याएको छ ।
यो उत्पादन अब प्रमुख ई–कमर्स प्ल्याटाफर्म, मोडर्न ट्रेड स्टोर तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध रहेको सुजल डेरीले जनाएको छ ।
डिलाइट डेरी प्राइड सजिलै मनतातो पानीमा घुल्ने भएकाले तुरुन्तै तयार गर्न सकिन्छ । यसले परिवारलाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध पिउन सहजता प्रदान गर्छ । प्रिमियम गुणस्तरको यो इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर आवश्यक पोषक तत्त्वले भरपूर्ण छ, जसले बालबालिकाको समग्र वृद्धि र विकासमा सहयोग पुर्याउँछ । चिनीरहित भएका कारण यो हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसायोग्य विकल्प भएको कम्पनीको भनाइ छ ।
यसले दूधको प्राकृतिक गुण जोगाउँदै क्याल्सियम, प्रोटिन, भिटामिन ए र भिटामिन डी जस्ता आवश्यक पोषक तत्त्व प्रदान गर्छ । यी पोषक तत्त्वले बालबालिकाको बढ्दो उमेरमा हड्डी मजबुत बनाउन, मांसपेसी विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
सजिलै र छिटो तयार गर्न सकिने, गुणस्तरमा सधैं एकरूपता कायम रहने र १२ महिनासम्म सुरक्षित भण्डारण गर्न मिल्ने यस उत्पादनले व्यस्त जीवनशैलीमा पनि पोषणको आवश्यकता पूरा गर्ने सुजलको भनाइ छ ।
यसको आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तर र पोषण स्पष्ट रूपमा प्रस्तुत गर्दछ। मोइस्चर प्रतिरोधी मेटालिक प्याकले उत्पादनको ताजापन सुरक्षित राख्छ भने स्पष्ट र आकर्षक डिजाइनले उपभोक्तालाई डिलाइट ब्रान्डका मुख्य फाइदा सजिलै चिन्न मद्दत गर्दछ ।
डिलाइट डेरी प्राइडको स्वादिलो दूध बनाउन १ सय ८० मिलिलिटर मनतातो पानीमा २५ ग्राम (तीन चम्चाभरि) दूध पाउडर मिसाएर राम्ररी घोलेर तुरुन्तै पिउन सकिन्छ ।
यसले केवल छिटो दूध तयार गर्न नभई दैनिक खानामा स्वाद र पोषण दुवै थप्छ । यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डिजर्ट, मिल्की चिया र स्वादिलो कफीमा सजिलै प्रयोग गर्न सकिन्छ ।
यो ताजा दूधबाट बनाइन्छ, जुन स्थानीय फार्मबाट संकलन गरिन्छ । उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण र उच्च हाइजिन कायम राखिन्छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर तयार गरिएको यस दूधले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्दछ ।
डिलाइट डेरी प्राइड अब १ किलो प्याकमा २ हजार १ सय रुपैयाँमा उपलब्ध छ । यो प्रमुख ई–कमर्स साइटहरू दराज, मेरो किराना, स्मार्ट डोको, गिफ्टमान्डु, फुडमान्डु, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केके मार्ट र मोडर्न ट्रेड स्टोरमा किन्न सकिन्छ ।
सम्बन्धित खबर
स्वर्डफिसले गण्डकीमा भित्र्यायो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’
चोरी गरी अमेरिका पुर्याइएका नेपालका अमूल्य मूर्ति फिर्ता
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रगति विवरण सार्वजनिक
चौंथो ‘गाउँ पर्यटन मेला’ बन्दिपुरमा हुने
बढ्यो आलुको कारोवार
डिजेल र मट्टितेलको मूल्यमा बृद्धि, पेट्रोलको मूल्य यथावत
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा