पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले नेपाली परिकारलाई स्वाद र पौष्टिकताको नयाँ उचाइमा पुर्याउँदै प्रस्तुत गरेको छः ‘सफल कुजिन लाइन’ – जहाँ पनीर, घ्यू, बटर, नौनी र क्रिम जस्ता दैनिक दुग्ध उत्पादनहरू अब एउटै ब्रान्डअन्तर्गत सहज उपलब्ध छन्।
सुजल डेरीले उत्पादन गरेका प्रत्येक सामग्री ताजा, उच्च गुणस्तरको र स्वास्थ्यप्रद रहेको कम्पनीको भनाइ छ । ‘अनुभवी सेफहरूले यी उत्पादनहरूलाई प्रयोग गरेर विभिन्न नेपाली परिकारहरूलाई नयाँ उचाइमा पुर्याइरहेका छन्। सफल कुजिन लाइनको उद्देश्य प्रत्येक उपभोक्तालाई भान्सामा सहजता, स्वाद र विश्वासको अनुभव दिलाउनु हो।’ सफल डेरीले भनेको छ ।
सफल कुजिन लाइनले हरेक उत्पादनलाई ताजा, भरपर्दो गुणस्तरमा, उचित मूल्यमा र सजिलो पहुँचसहित उपलब्ध गराउँदै उपभोक्तालाई स्वाद र सन्तुष्टिको नयाँ अनुभव प्रदान गर्दछ। यसले उपभोक्तामा विश्वास बढाउँछ र परिकारको स्वादमा नयाँ अनुभव ल्याउँछ।
कम्पनी थप्छः ‘सफल कुजिन लाइन केवल उत्पादनको नाम होइन; यो तपाईंको भान्सामा विश्वास र गुणस्तरको प्रतीक हो। हरेक उत्पादन ताजा, पौष्टिक र स्वास्थ्यकर भएकोले तपाईंको भान्सामा स्वाद र गुणस्तर दुवै बढाउँछ।’
देशभरका सुपरमार्केट, किराना पसल र मार्टहरूमा सजिलै उपलब्ध, सफल कुजिन लाइन ISO -22000:2018 प्रमाणपत्र प्राप्त रहेको र जसले गुणस्तरप्रतिको प्रतिबद्धता प्रमाणित गर्नेमा कम्पनी विश्वस्त रहेको बताउँछ ।
आफ्नो भान्सामा सफल कुजिन लाइनको प्रयोग गरेर स्वाद, स्वास्थ्य र सरलताको नयाँ अनुभव अनुभव गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
सम्बन्धित खबर
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
जग्गा विवादमा श्रीमतीको हत्या: तीन दिनसम्म गुपचुप, दुर्गन्ध फैलिएपछि छिमेकीलाई पत्तो
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !