पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले नेपाली परिकारलाई स्वाद र पौष्टिकताको नयाँ उचाइमा पुर्याउँदै प्रस्तुत गरेको छः ‘सफल कुजिन लाइन’ – जहाँ पनीर, घ्यू, बटर, नौनी र क्रिम जस्ता दैनिक दुग्ध उत्पादनहरू अब एउटै ब्रान्डअन्तर्गत सहज उपलब्ध छन्।
सुजल डेरीले उत्पादन गरेका प्रत्येक सामग्री ताजा, उच्च गुणस्तरको र स्वास्थ्यप्रद रहेको कम्पनीको भनाइ छ । ‘अनुभवी सेफहरूले यी उत्पादनहरूलाई प्रयोग गरेर विभिन्न नेपाली परिकारहरूलाई नयाँ उचाइमा पुर्याइरहेका छन्। सफल कुजिन लाइनको उद्देश्य प्रत्येक उपभोक्तालाई भान्सामा सहजता, स्वाद र विश्वासको अनुभव दिलाउनु हो।’ सफल डेरीले भनेको छ ।
सफल कुजिन लाइनले हरेक उत्पादनलाई ताजा, भरपर्दो गुणस्तरमा, उचित मूल्यमा र सजिलो पहुँचसहित उपलब्ध गराउँदै उपभोक्तालाई स्वाद र सन्तुष्टिको नयाँ अनुभव प्रदान गर्दछ। यसले उपभोक्तामा विश्वास बढाउँछ र परिकारको स्वादमा नयाँ अनुभव ल्याउँछ।
कम्पनी थप्छः ‘सफल कुजिन लाइन केवल उत्पादनको नाम होइन; यो तपाईंको भान्सामा विश्वास र गुणस्तरको प्रतीक हो। हरेक उत्पादन ताजा, पौष्टिक र स्वास्थ्यकर भएकोले तपाईंको भान्सामा स्वाद र गुणस्तर दुवै बढाउँछ।’
देशभरका सुपरमार्केट, किराना पसल र मार्टहरूमा सजिलै उपलब्ध, सफल कुजिन लाइन ISO -22000:2018 प्रमाणपत्र प्राप्त रहेको र जसले गुणस्तरप्रतिको प्रतिबद्धता प्रमाणित गर्नेमा कम्पनी विश्वस्त रहेको बताउँछ ।
आफ्नो भान्सामा सफल कुजिन लाइनको प्रयोग गरेर स्वाद, स्वास्थ्य र सरलताको नयाँ अनुभव अनुभव गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित खबर
सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया
एमेच्योर फुटसलमा एन डलर च्याम्पियन, दिवस बने सर्वाेत्कृष्ट
पोखरामा अमेरिकी नागरिकको मृत्यु
कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ
दशौं पोखरा स्पोटस् अवार्डबाट ७ लाख ७१ हजार रुपैयाँ बचत
पोखराको निरमाया दोहोरी साँझको २२ औं वार्षिक उत्सवः सांगीतिक कार्यक्रम गरी मनाइदैं
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
घरेलु उपचार कति प्रभावकारी !
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा