वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले नयाँ तीज गीत ल्याएकी छिन्। शुक्रबार उनले ‘म त मसक्कै’ बोलको मौलिक तीज सार्वजनिक गरेकी हुन्।
आफ्नै अफिसियल युट्युवमार्फत सार्वजनिक गीतमा लक्ष्मीकै स्वर र संगीत रहेको छ। उनीसहित शारदा न्यौपाने बस्यालको शब्द रहेको गीतमा श्यामश्वेत रसाइलीको संगीत संयोजन छ।
यो गीत दुई दशकअघि सार्वजनिक भएको चर्चित गीत हो। पुरानै गीतलाई उनले पुनर्जिवन दिएकी हुन्।
सार्वजनिक गीतमा सागर लम्साल, अञ्जली अधिकारी र निहारिका रेग्मीको अभिनय तथा नृत्य देख्न सकिन्छ। यसै गीतबाट लक्ष्मीकी छोरी निहारिकाले अभिनयमा डेब्यु गरेकी हुन्।
निहारिका यसअघि आमाका गीतमा नृत्य गरेर भिडिओ बनाउँथिन्। जुन भिडिओ लक्ष्मीले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आएकी थिइन्। जुन भिडिओ हेरेर दर्शकहरुले निकै तारिफ गर्थे। तिनै निहारिकाले आमाको गीतबाट अभिनयमा पाइला राखेकी हुन्।
तीन दशकदेखि गायनमा सक्रिय लक्ष्मीका थुप्रै गीतहरु चर्चित छन्। जसमा पनि टलटल टलिकनलाई, तीज आयो राजैु, झल्को माइतीको जस्ता हिट तीज गीतहरू हुन्।
अन्य चर्चित तीज गीतहरूः
सम्बन्धित खबर
‘माइतीको देशै’मा ल्याए सुरेशले, टीका पुन र किरण श्रीपालीको कर्णप्रिय आवाज [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेको तीज गीत ‘म त मसक्कै’ मा छोरी निहारिकाको डेब्यु
‘झलिको झलल’लाई प्रति दिन लाख भ्यूज, टिकटकमा पनि हिट
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
‘आऊ न आमा आऊ’ [भिडियो]
निर्माता हेमराजलाई छलेर संयुक्तमा शब्द लेख्ने रमेश परियारबाट गीत ‘हाइज्याक’ !
यो पनि पढौँ
पोखरामा ताल दोहन: अतिक्रमणकारी र राजनीतिज्ञ एकैठाउँमा
‘चाडबाड राम्राे दिदीबहिनीले, घर रमाइलो छोराछाेरीले’ [भिडियो सहित]
पोखरामा हुने ‘ई-प्लानेट अष्ट्रेलियन युनिभर्सिटी फेयर’ मा ३ दर्जन युनिभर्सिटी सहभागी हुँदैछन् : शर्मा
घरेलु उपचार कति प्रभावकारी !